सामसङ नेपालको बिस्पोक एआई लन्ड्री वासिङ मेसिन बजारमा

काठमाडौँ — सामसङ नेपालले बजारमा नयाँ बिस्पोक एआई वासिङ मेसिन बजारमा ल्याएको छ । कम्पनीले ९ किलो क्षमताको फ्रन्ट–लोड वासिङ मेसिन बजारमा ल्याएको हो । यसले उपभोक्तालाई सजिलै दैनिक लुगा धुने, व्यवस्थापन गर्ने र समय बचत गने कम्पनीको दाबी छ ।

यसमा एआईका एनर्जी, कन्ट्रोल, इकोब बल र सुपर स्पिड प्रविधि छ । मेसिनले वास साइकललाई ३९ मिनेट सम्ममा पूरा गर्छ । साथै हाइजिन स्टिमले ९९.९ प्रतिशत ब्याक्टेरिया र एलर्जीहरू हटाउने विशेषता रहेको कम्पनीको भनाइ छ । कम्पनीले वासिङ मेसिनमा २० वर्षको वारेन्टी रहेको जानकारी दिएको छ । बजारमा यसको मूल्य १ लाख १ हजार ९ सय ९० रुपैयाँदेखि सुरु हुने र क्यासब्याकको समेत अफर छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.