गोरखाको द्रब्यशाह क्याम्पसलाई सहयोग गर्ने २ जनाको सालिक अनावरण

गोरखा- गोरखा सदरमुकामको द्रब्यशाह बहुमुखी क्याम्पसलाई सहयोग गर्ने २ जनाको सालिक अनावरण गरिएको छ ।

क्याम्पसलाई सहयोग गर्ने अमेरिकी नागरिक प्रा.डा.जेनिस यम हिप्पल र संस्थापक क्याम्पस प्रमुख स्व.मोहन नारायण श्रेष्ठको सालिक अनावरण गरिएको हो ।

क्याम्पसको ४०औं बार्षिकोत्सव कार्यक्रममा त्रिविका रजिष्ट्रार प्रा डा केदार रिजालले उहाँहरुको सालिक अनावरण गर्नुभएको हो ।

गोरखा नगरपालिका–९ को लक्ष्मिबजारमा रहेको उक्त क्याम्पसका लागि अमेरिकी नागरिक हिप्पलले ७ लाख ४१ हजार ७२३ डलर ८९ सेन्ट अर्थात नेपाली ९ करोड ७८ लाख ९८ हजार ३४८ रुपैयाँ सहयोग उपलब्ध गराउनु भएको थियो ।

क्याम्पसको बिकासका लागि हिप्पलले आफ्नो निधनपछि बाँकी रहेको सम्पत्ती दिन २३ जनवरी १९९३ अर्थात विक्रम सम्बत २०४९ साल माघ १० गते प्रतिबद्वता जनाउनुभएको थियो । सोही प्रतिबद्वता अनुसार उनको मृत्युपछी बाँकी सम्पत्ती बिक्रीबाट आएको रकम २०७९ साल कार्तिकमा क्याम्पसलाई प्राप्त भएको थियो ।

स्व.मोहन नारायण श्रेष्ठले संस्थापक क्याम्पस प्रमुख भएर लामो समयसम्म सेवा गर्नुका साथै क्याम्पसका लागि जग्गा दान गर्नुभएको थियो ।

श्रेष्ठले २०४२ सालमा स्थापना भएको क्याम्पसले त्रिभुवन विश्वविद्यालयबाट भाद्र ८ गते सञ्चालन गर्ने निर्णय भई माघ १६ गतेदेखि स्विकृती पाएको दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.