पिएसबीका तीन प्राथमिकता: राष्ट्रिय एकता, विपद् र समृद्धि – डा महेन्द्र विष्ट

काठमाडौँ- नेपालको पहिलो टेलिभिजन च्यानल नेपाल टेलिभिजन स्थापना भएको ४० बर्ष पूरा भएको छ। विसं २०४१ सालमा परियोजनाको रुपमा स्थापना भएको नेपाल टेलिभिजन, नेपालको अग्रणी टेलिभिजन मात्र होइन, नेपाली टेलिभिजनहरुकै अभिभावक टेलिभिजन पनि हो ।

नेपाल टेलिभिजन स्थापनाको उदेश्य र यसले विभिन्न कालखण्डमा खेलेको भूमिकालाई समय अनुसार व्याख्या र टिप्पणी हुँदै आएका छन । ४० बर्षको अनुभवबाट खारिएको नेपाल टेलिभिजन आफ्नो जीवनको वयस्क अवस्थामा आइपुग्दा भने यसको संचालनको मोडालिटी नै परिवर्तन भएको छ ।

विसं २०८१ कात्तिक २३ गतेदेखि सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयनमा आएसँगै अब नेपाल टेलिभिजन र रेडियो नेपाल एकिकृत रुपमा पिएसबीमा रुपान्तरण भएका छन । प्रस्तुत छ, नेपाल टेलिभिजनको ४० औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टसँग नेपालटिभीअनलाइनका संयोजक गोविन्द धिताल र सम्पादक राजेन्द्र पोख्रेलले लिएको विशेष अन्तर्वार्ता :

नेपालमा टेलिभिजन प्रसारणको जननी मानिने नेपाल टेलिभिजन स्थापनाको ४० औँ वर्षगाँठ मनाइरहँदा एनटिभी स्थापनाको उद्देश्य र यसले खेल्दै आएको भूमिकालाई कसरी लिनुहुन्छ ?

नेपाल टेलिभिजन नेपालको पहिलो टेलिभिजन प्रसारण संस्थाको रूपमा स्थापना भयो । विसं २०४१ मा स्थापना हुँदाखेरी यसले नयाँ अभ्यासको रुपमा सबैको एउटा जिज्ञासाको विषयको रूपमा यो आयो । त्यसबेलाको प्रविधिलाई उच्चतम प्रयोग गरेर यो आयो । पहिले नै रङ्गीन टेलिभिजन रुपमा स्थापना भयो । विषयवस्तुको हिसाबमा पनि विकासको लागि सञ्चारको नारा अगाडि सार्यो त्यो अत्यन्तै त्यो बेलाको लागि सान्दर्भिक नारा थियो । त्यसको विकासक्रम अनुसार प्रविधि मात्रै होइन यसले दिने विषयवस्तु प्रमुख कुरा हो ।

विषयवस्तुको रुपमा जाँदाखेरी जुन बेलाको जस्तो शासन प्रणाली छ, त्यो शासन प्रणालीभन्दा भिन्न किसिमले लैजानसक्ने अवस्था यसको संरचनाको हिसाबमा पनि थिएन । विषयवस्तुका हिसामा प्रारम्भिक दिनहरू नियन्त्रित रूपमा अगाडि बढ्यो । यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको आधारभूत मान्यताहरुलाई सम्पूर्णरुपमा पालन गर्न सक्ने छुट यससँग थिएन । जब २०४६ सालमा जनआन्दोलनले नेपालमा प्रजातन्त्रको बिहानी प्रारम्भ भयो ।

प्रजातन्त्र प्रारम्भ भएसँगै नेपाल टेलिभिजनले आफ्नो दायरालाई फराकिलो बनाउँदै लिएर गयो । त्यो बनाउने सिलसिलामा यसले प्रजातन्त्रलाई सस्थागत गर्नको निम्ति महत्वपूर्ण योगदान गर्यो । राष्ट्रिय एकताको भाव सिर्जना गर्ने, राष्ट्रियतालाई प्रवद्र्धन गर्ने र विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने आमजनतालाई र उनका सरोकारहरूलाई सम्बोधन गर्ने प्रयास गर्दै गयो । यसबीचमा रानीतिक परिवर्तनमा जुनबेला अंकुश लाग्यो त्यो बेलामा यो फेरि संकुचित हुने खालको अवस्था पनि सिर्जना भयो।

अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ । यस अभ्यासमा जाँदाखेरि यसको दायरा फराकिलो भयो । तर पनि एउटा सालको चाहिँ जुन संरचना थियो नेपाल टेलिभिजन र रेडियो नेपालको त्यो संरचनाले यसलाई एउटा स्वतन्त्र र व्यापकताको रुपमा प्रेस स्वतन्त्रतालाई अघि बढाउन सक्ने गरी दायारा थिएन । त्यसलाई पनि अझ फराकिलो गरेर सार्वजनिक सेवा सेवा प्रसारकको रूपमा योजना व्यापकतामा अगाडि बढेको छ । विगतको एउटा खालको विरासतलाई हामीले महत्वपूर्ण गौरवपूर्ण र एउटा ऐतिहासिक मान्दै अब नयाँ चरणमा प्रवेश गरेको छौँ ।

नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारको रुपमा रुपान्तरण भइसकेको छ । नयाँ परिस्थितिमा आम मानिसहरुले पिएसबीलाई कसरी बुझ्ने ? 

सार्वजनिक सेवा प्रसारण भन्नेबित्तिकै यसका आधारभूत सिद्धान्तहरू छन्,. मान्यताहरु छन् विश्वव्यापी रूपमा झण्डै एक शताब्दीदेखि अभ्यास हुँदै र विकास हुँदै आएका चरणहरु छन् । सार्वजनिक सेवा प्रसारण प्रसारण मात्रै नभएर सार्वजनिक सेवा माध्यमको रूपमा र पिएसबीलाई पिएमको रूपमा अभ्यास गर्दै आएका चलनहरु पनि छन् । हामी नाममा पिएसबी भनिएता पनि पिबिएमको अभ्यासमा गइरहेका छौँ । त्यो अभ्यासमा जाँदा तीन चार किसिमको क्षेत्रहरु चाहिँ नयाँ ढङ्गले अगाडि बढ्छन् ।

यसमा हामी नेपाल टेलिभिजनको र रेडियो नेपालको स्वरूपमा अहिले होइन, यसको रूपान्तरण भइसकेको स्वरूपमा सार्वजनिक सेवा प्रसारणमा रहेको अवस्था हो । सार्वजनिक सेवा प्रसारण भनेर नयाँ संस्था स्थापना भएको र संस्थामा यी संस्थाहरू पनि रूपान्तरित भएको स्थिति भएकाले हामीले त्यो ऐतिहासिक विरासतलाई त लिन्छौँ ।

तर विषयवस्तुहरु भने आधारभूत रुपमै परिवर्तन हुन्छन् । यसको दायारा अझ फराकिलो भएर जान्छ । जस्तो राजनीतिक रूपमा हेर्ने हो भने यसले राजनीतिक तटस्थता लिन्छ । कुनै पनि दल विशेष र कुनै पनि संरचना विशेषको एकपक्षिय रुपमा प्रस्तुत हुने.कुनै कालखण्डमा थियो भनेपनि अब पिएसबीमा अब त्यो रहँदैन ।

कुनै पनि दल विशेष र कुनै पनि संरचना विशेषको एकपक्षिय रुपमा प्रस्तुत हुने.कुनै कालखण्डमा थियो भनेपनि अब पिएसबीमा अब त्यो रहँदैन ।

यसले राजनीतिक रुपमा तटस्थतालाई कायम राख्छ । त्यसैगरी व्यापारिक स्वार्थबाट प्रेरित भएर चल्नुपर्ने खालको बाध्यता यसमा हुँदैन । व्यापारिक स्वार्थभन्दा पनि तटस्थ रहन्छौँ । राज्यको दायित्वलाई पालना गर्ने गरी पिएसबीको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौँ ।

सार्वजानिक सेवा प्रसारणको पहिलो अध्यक्षको रुपमा यहाँले पिएसबी कार्यान्वयनका लागि कामहरु कसरी अघि बढाउँदै हुनुहुन्छ ?

हामीले तीन चार चरणमा काम गर्ने गरी योजना बनाएका छौँ । पहिलो चरणमा पिएसपीको बारेमा हामी स्पष्ट हुने र स्पष्ट गराउने यो चरणमा छौँ । यस सिलसिला अभिमुखीकरणको क्रमहरु चलिरहेको छ । समाचार, कार्यक्रम, इञ्जिनियरिङ प्रशासन आर्थिक व्यापारिक हरेक क्षेत्रका पुनः अभिमुखीकरण गरेर अगाडि बढ्ने चरणमा छौँ । प्रक्रिया अगाडि बढिसकेको छ ।

त्यसैगरी हामी विभिन्न नौ/दश वटा क्षेत्रमा विषयगत क्षेत्रमा समूहगत छलफलसहितको पिएसबीको प्रि-लञ्चिङ कार्यक्रम सम्पन्न गरिसकेका छौँ । त्यसले हाम्रो दायरालाई हामीबीचको छलफलमा मात्र सीमित नगरी सीमित नगरी अन्य पक्षहरुसँग पनि यसका मुख्य सरोकारवालहरूसँग पनि पुग्ने प्रयास गरेका छौँ । त्यो क्रम जारी रहेको छ ।

हामी हाम्रा विषयवस्तुका प्राथमिकता क्षेत्र निर्धारण गर्ने र हामीले नयाँ प्रक्रियामा जाँदा सङ्गठन संरचना, पदको निर्धारण समायोजनदेखि नयाँ खालको वृत्ती विकासका अवसरदेखि आन्तरिक अभ्यासका चरण र बाह्यमा यसले दिने विषयवस्तु कार्यक्रमहरू समाचार ढाँचाहरु, नीतिहरु, कार्यक्रमहरु, मापदण्डहरू, कार्यविधिहरु सबै पुनरावलोकन गरेर अघि बढ्ने चरणमा छौँ ।

विषयवस्तुतर्फ हामीले मुख्य रुपमा तीन वटा क्षेत्रहरुलाई प्राथमिकताको क्षेत्रमा रुपमा लिएका छौंँ । राष्ट्रिय एकता, विपद् र समृद्धि तीन पिलरको रुपमा विषयवस्तुहरु रहनेछ । तीन खम्बाभित्र हामीले सम्पूर्ण क्षेत्रलाई झैँ फेरि उपखण्डको रूपमा व्यवस्थापन गर्नेछौँ । राष्ट्रिय एकताभित्र राष्ट्र सम्पूर्ण भाषा, संस्कृति, धर्म, वर्ण लिङ्ग सबैलाई समेटेर लिएर जाने कुरा हुन्छ । त्यसभित्र राष्ट्रियता, भौगोलिक अखण्डता, त्यसमा विभिन्न खालको हामी बहुलता र विविधताका पक्षहरूलाई राष्ट्रिय एकताको भावभित्र समेट्छौंँ ।

कसैले पनि यसबाट बाहिर पर्‍यौँ भन्ने अवस्था आउने छैन । समावेशीताको ऐनाको रुपमा हामी रहनेछौँ । यस्तै विपदभित्र हामीले नागरिकको जीवनरक्षा हाम्रो प्राथमिक विषय हुन्छ । प्राकृतिक विपत्ति होस् वा महामारी एवं वातावरणको क्षेत्र होस्, जलवायु परिवर्तनको क्षेत्रमा यी सबै क्षेत्रहरुलाई हामीले विपदभित्र लिएर जान्छौँ । त्यसैगरी समृद्धिभित्र आर्थिक समृद्धि, भौतिक विकासदेखि मानव विकासका सबै पक्षहरू, मानव जीवनका परिवर्तनका सबै कक्षाहरू जुन समेटिएका हुन्छन् नागरिकको सुखका हितका पक्षहरु समेटछौँ ।

कसैले पनि यसबाट बाहिर पर्‍यौँ भन्ने अवस्था आउने छैन । समावेशीताको ऐनाको रुपमा हामी रहनेछौँ ।

नयाँ विषयवस्तु र नयाँ ढङ्गले प्रस्तुत गर्छौं । अहिले भइरहेका समाचारको शैलीलाई परिवर्तन गर्दैछौँ र गर्न शुरु गरिसकेका पनि छौँ । हामीले रेडियो, टेलिभिजन र डिजिटल प्लेटफर्महरुलाई समानन्तर हिसाबमा तीन वटा अङ्ग बनाएर लिएर जान्छौँ । पिएसबीको आधारभूत मान्यताभित्र सर्वव्यापकता हुन्छ, सर्वव्यापकताको पूर्ण अभ्यास गर्छौं । त्यो प्रविधि र विषयवस्तु दुवै हिसाबले अगाडि बढ्छ ।

टेलिभिजनको सञ्चालन खर्चको व्यवस्था स्पष्टसँग पिएसबीको ऐनमा उल्लेख गरिएको पाइँदैन । तर संस्थालाई आर्थिक भार भने बढ्दै गएको छ । यस्तो अवस्थामा एनटिभीका हालका च्यानलहरु पिएसबीमा कसरी सचालन गरिन्छ ?

विश्वमा पिएसबी सञ्चालनका विभिन्न खाले ढाँचाहरू अभ्यासमा रहेका छन् । कतिपयले यसको चाहिँ दर्शक स्रोताहरुबाट कर सङ्कलन गर्ने यसको मुख्य स्रोत चाहिँ यो हेरेबापत सुनेबापत नै प्राप्त हुने गरी नै सञ्चालन गरेको पाइन्छ । कतिपय राज्यको कोषले कुनै लगानी गरिरहेको, कतिपय बाह्य अथवा आन्तरिक सहयोगमा निर्भर भएको र कतिपयले यो कमर्सियल मार्केटबाट व्यापारिक क्षेत्रबाट गरिरहेको छ ।

हाम्रो सार्वजनिक सेवा प्रसारण ऐनले यसको आयको स्रोतहरुमा सङ्घीय सरकारबाट हुने अनुदान, प्रदेश र स्थानीय तहबाट हुने अनुदान बाह्य क्षेत्रबाट प्राप्त हुने सहयोग र यसले आर्जन गर्ने आयलाई लिएको छ । यी तोकिएका क्षेत्रहरूको आधारमा हेर्दा हामी कर प्रणालीमा पूरै निर्भर हुने, नागरिकमा हुने वा व्यापारिक हुने नभएर मिश्रित खालको हाइब्रिड मोडलमा रहने परिकल्पना गरेको देखिन्छ । यो मोडल पनि अभ्यासमा आएको छ ।

खासगरी संचालनका लागि आर्थिक उपार्जनको बाटो के होला ?

मैले भर्खर भने नि, हाइब्रिडमा जाँदा कतिपय सहजता भएको छ भने कतिपय एकदमै खतरनाक अवस्था सिर्जना भएको र जोखिममा परेको अभ्यासहरू पनि देखिएका छन् । यसले मिश्रित खालको नतिजा दिएको छ । तपाईंले भनेजस्तो पिएसपी सञ्चालन कोषको  व्यवस्थापनको हिसाबमा यो सुरक्षित अवस्थामा अझै पुगिसकेको छैन ।

हामी यसलाई नयाँ स्वरुपमा जाँदाका अभ्यास पनि गर्दै त्यसभित्र परिमार्जन पनि गर्दै र स्रोतको सुनिश्चित हुने क्षेत्रहरुलाई  प्रवद्र्धन गर्ने र स्थिर कोषको रुपमा एउटा कोष हुने र संस्थालाई आफैंभित्रको क्षमता विकासको प्रतिस्पर्धामा बनाउनको निम्ति स्पष्टताको हाइब्रिडमा जानेगरी अगाडि बढनु पर्ने छ ।

हामी यसलाई नयाँ स्वरुपमा जाँदाका अभ्यास पनि गर्दै त्यसभित्र परिमार्जन पनि गर्दै र स्रोतको सुनिश्चित हुने क्षेत्रहरुलाई एउटा प्रवद्र्धन गर्ने र स्थिर कोषको रुपमा एउटा कोष हुने र संस्थालाई आफैंभित्रको क्षमता विकासको प्रतिस्पर्धामा बनाउनको निम्ति स्पष्टताको हाइब्रिडमा जानेगरी अगाडि बढनु पर्ने छ ।

यसको व्यवस्थापकीय नेतृत्व गरिरहेको हिसाबमा हेर्दाखेरि जोखिमको मात्रालाई कम गर्दै  र यसको अवसरहरूलाई बढाउँदै  भविष्यलाई सुनिश्चित हुनेगरी कोषको व्यवस्थापनको पहल गर्नुपर्ने आवश्यकता देखिरहेको छु ।

त्यो गर्नको निम्ति चाहिँ राज्य हुनु अथवा सरकारसँग पनि हामी पहल सुरु भइसकेको छ । नागरिक तहबाट पनि यसमा अझै छलफल हुँदै जान्छ । राष्ट्रिय सरोकारवालाको दायरामा पनि रहँदैन । युनेस्कोले पनि अब सूचीकरण गर्न थाल्छ ।  भोलि यसको स्तरहरू पनि क्रमस  देखिन थाल्छ. ।

यी सबै अभ्यास गर्दै जाँदा यसको कोषको पनि सुनिश्चिता हुने र स्थिरता पनि कायम हुने गरी अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु ।

नेपाल टेलिभिजनले भविष्यमा आफ्ना च्यानल एवम् डिजिटल प्लाटफर्म विस्तारको योजना के कस्तो बनाएको छ ? 

हामीले तीन वटा कुराहरुलाई समानन्तर रुपमा लिएर जान्छौ । रेडियो प्रसारण, टेलिभिजन प्रसारण र डिजिटल प्लेटफर्मको सञ्चालनलाईसँगै लिएर जान्छौँ । यी तीन पिलरको रुपमा लिएर जाँदाखेरी रेडियोको अहिले आइरहेको मिडियम वेभ र फ्रिक्वेन्सी मोडुलेसन मार्फतको जुन प्रसारणहरु भइरहेको छ, यसले एउटा  पहुँचलाई वृद्धि गरेको छ । तर पनि सहजतामा कतिपय कुरा अहिले पनि कठिन भइरहेको छ । यसले रेडियोको जुन सिङ्गल च्यानलबाट प्रसारण भइरहेको छ, त्यसलाई चाहिँ दुई च्यानलबाट जानसक्ने रेडियोतर्फ हामी जान्छौँ ।

हामीले तीन वटा कुराहरुलाई समानन्तर रुपमा लिएर जान्छौ । रेडियो प्रसारण, टेलिभिजन प्रसारण र डिजिटल प्लेटफर्मको सञ्चालनलाईसँगै लिएर जान्छौँ ।

त्यसैगरी टेलिभिजनतर्फ हामीले पाँचवटा च्यानलहरूले सञ्चालन गरिरहेकामा ती च्यानलहरुलाई अझ स्पष्टताका साथ विभाजन गर्नेछौँ । कति दोहोरोपनहरु पनि भइरहेको छ । त्यसलाई विशिष्टीकृत गर्ने र दुईवटा प्रदेशमा सञ्चालन भइरहेका च्यानललाई त्यस भेगका लागि बढी केन्द्रित गर्ने, राष्ट्रिय च्यानलको रुपमा आइरहेको च्यानललाई कमर्सियल मार्केटमा समेत लैजाने गरी अगाडि बढाउन अझ प्रवर्द्धन गर्नेछौँ । त्यसपछि एउटा च्यानललाई पूर्ण पिएसवी अर्थात क्लिनफिडकै रुपमा जानसक्ने गरी लैझाने योजना छ ।

एनटिभी वर्ल्ड च्यानल सञ्चालनको अवस्था के छ ?

अब विश्व जनसमुदायमा नेपाललाई एउटा स्थापित गर्ने हिसाबले बाहिरको अभ्यासहरुलाई समेत ध्यानमा राखेर एनटिभी वल्र्डको परिकल्पना भइरहेको छ । चाँडै नै हामी सञ्चालनमा लैजाने गरी काम अघि बढाएका छौँ । मल्टिमिडियाको हिसाबमा चाहिँ त्यसको छुट्टै विषयवस्तुको उत्पादन हुने गरी डिजिटल प्लेटफर्मलाई एकदमै बलियो बनाएर जनताले हाम्रो कन्टेन्टहरुलाई उहाँहरूलाई अनुकूल हुने जुनसुकै माध्यम र जुनसुकै समयमा.हेर्न, सुन्न, पढ्नसक्ने गरी हामी अगाडि बढाउँछौं ।

अन्त्यमा, नेपाल टेलिभिजनको ४० औँ वार्षिकोत्सवको अवसरमा टेलिभिजनमा कार्यरत कर्मचारीहरु, दर्शक तथा श्रोता र विज्ञापनदाताहरुलाई के भन्नुहुन्छ ?

सबैभन्दा पहिले नेपाल टेलिभिजनको ४० औँ वार्षिकोत्सव सार्वजनिक सेवा प्रसारण गइसकेको अवस्थाको वार्षिकोत्सवको रुपमा बुझ्नको लागि म आग्रह गर्न चाहन्छु । हामी यो आर्थिक वर्षभरि दुईटा छुट्टाछुट्टै नियमावली विनियामवली अनुसार छुट्टै वार्षिकोत्सवको रुपमा मनाए पनि पिएसबी रुपान्तरण कै चरणको रुपमा बुझिदिन आग्रह गर्दछु ।

यो कुनै पनि किसिमको स्वार्थबाट अलग भएर नागरिकको स्वार्थबाहेक यसभित्र अर्को कुनै स्वार्थ छैन भन्ने बुझेर यसलाई साथ सहयोग गर्न आफ्नो डोमेन भित्रलाई स्वामित्वको हिसाबमा  ग्रहण गरिदिनु हुन र यसलाई साथ सहयोग दिनु हुन म अनुरोध गर्न चाहन्छु ।

हाम्रो सम्पूर्ण दर्शकहरुलाई यहाँसम्म विकास गर्नलाई जो जसले योगदान गर्नु र सबैप्रति म आभार कृतज्ञता व्यक्त गर्न चाहन्छु र यहाँ हामीसँग विज्ञापनदाताको रुपमा र विभिन्न किसिमका विषयवस्तुमा सहयोग गर्ने हिसाबमा जे जति सरोकारवाला हुनुहुन्छ, उहाँ सबैलाई हामीलाई यहाँसम्म ल्याउनको लागि सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद भन्न चाहन्छु र भविष्यमा अझ फराकिलो स्वरुपमा उहाँहरुको सहयोगको अपेक्षा गर्न चाहन्छु. ।

यहाँ आबद्ध कर्मचारी पत्रकार र सम्पूर्ण जो जनशक्ति हुनुहुन्छ उहाँहरुलाई यो पिएसवीले नयाँ अवसरहरु सिर्जना गर्दैछ । दायरालाई अझ फराकिलो बनाएर लगिरहेको छ । वृत्तीविकासका अवसरहरू पनि हामी नयाँ ढङ्गले सिर्जना गर्दैछौँ । एकदमै बढी उत्प्रेरणाको साथ अगाडि बढ्नको निम्ति र हामीसँग अब यो अधिकार पनि थपिएको छ । दायित्व पनि थपिएको छ भन्ने कुरालाई मनन गर्दै नयाँ दायित्वलाई बहन गर्नको निम्ति तयार भएर अगाडि बढ्नको निम्ति स्वःस्फूर्त रुपमा उत्प्रेरित भएर अग्रसरता लिन आग्रह गर्दछु ।

राष्ट्रिय एकताको भाव विकास गर्न मिडियाको तर्फबाट पिएसबीको यो दायित्व सबैले मिलेर पूरा गर्नुपर्ने छ।

अडियो सुन्न यहाँ क्लिक गर्नुहोस् 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.