ओखलढुंगामा जिप दुर्घटना, ३ जनाको मृत्यु

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ को हर्कपुरस्थित भँडारे खोला नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।  खोटाङबाट काठमाडौँतर्फ आउदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मध्यपहाडी राजमार्गको सडक खण्डमा ना १ ज ६४२१ नम्बरको जिप सडकबाट अन्दाजी ७० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

जिप राति नै दुर्घटना भएको अनुमान गरिए पनि आज विहाज ८ बजे मात्रै फेला पारिएको थियो ।

दुर्घटना पछि चालक फरार रहेका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरूमा खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनको २८ वर्षीय छोरा पुजन गुरुङ र खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ की ४५ वर्षीया तारा गुरुङ रहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.