जनताको पक्षमा काम गर्नुस्,बजेटको अभाव  हुँदैन: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्वा गुरुङले सार्वजनिक सेवा प्रसारण( पिएसबी) नागरिक केन्द्रीत हुनुपर्न बताउनु भएको छ ।

सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनको ४०औ बार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणका हरेक विषयवस्तु नागरिक केन्द्रीत हुनुपर्नेमा जोड दिनु भएको हो ।

जनताको पक्षमा काम गर्दा पिएसबीलाई बजेटको अभाव हुन नदिने मन्त्री गुरुङको प्रतिवद्धता थियो ।

उहाँले सार्वजनिक सेवा प्रसारणले अबदेखि नागरिकको हितमा राष्ट्र राष्ट्रियता वलियो बनाउने र समृद्ध नेपाल बनाउने अभियान केन्द्रीत गरेर आफ्ना सामाग्री निर्माण एवम् उत्पादन र प्रसारण गर्नुपर्ने धराणा राख्नु भयो ।

मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारण सफल पार्न आवश्यक नीतिगत,कानुनी र आर्थिक लगायतको सम्पूर्ण सहयोग गर्ने वताउदै स्रोतको कमी हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो  ।

सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्यालले गौरवपूर्ण इतिहास बोकेको नेपाल टेलिभिजनले विगतको असल अभ्यासको अवलम्बन गर्दै सार्वजनिक सेवा प्रसारणलाई जनताको सञ्चार माध्यमको रुपमा  अघि बढ्नु पर्ने वताउनुभयो ।

सचिव अर्यालले मन्त्रालय कर्मचारीको समस्याको विषयमा जानकार र सम्वेदनशील रहेको भन्दै सेवा सुविधामा विभेद हुन नदिने प्रतिवद्द्धता व्यक्त गर्नु भयो । साथै उहाँले नियमावली निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश कुमार श्रेष्ठले सरकारको राष्ट्रिय आकांक्षा समृद्द्ध नेपाल सुखी नेपालीको चहाना पुरा गर्न सार्वजनिक सेवा प्रसारणको भूमिका महत्वपूर्ण हुने वताउदै योजना आयोग आवश्यक सहयोग गर्न तयार रहेको वताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणको दायरामा अन्तराष्ट्रिय मुल्य र मान्यता अनुसार समाचार सामाग्री उत्पादन प्रसारणमा प्रतिवद्ध रहेको वताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालले राज्य र बाह्य क्षेत्रसंग सfझेदारी फराकिलो बनाउदै राष्ट्रिय एकता, राष्ट्र निर्माण, प्रकृतिक विपद् तथा महामारीबाट नागरिकको जीवन रक्षा साथै अर्थिक समृद्द्धी र विकास निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने वताउनु भयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका नि. प्रमुख प्रशासकीय अधिकृत, बिष्णुराम न्यौपानेले राष्ट्रिय एकता, मुलुकको समृद्धि र विपद्को सूचना सम्प्रेषणलाई पहिलो प्राथमिकतामा राखेर नेपाल टेलिभिजन अघि बढ्ने वताउनुभयो ।

नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोपाल प्रसाद दाहाल,नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष भोजबहादुर विक र नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान साखाका अध्यक्ष सुरेन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण हुदै गर्दा टेलिभिजनमा लामो समय देखी रोकिएको कर्मचारीको वृत्तिविकासले मनोवल कमजोर रहेको भन्दै वृतिविकासको बाटो खोल्न माग गर्नुभयो । २०४२ साल पुष १४ गते देखी नियमित प्रसारण भएको नेपाल टेलिभिजनले आफ्नो स्थापनाको ४०औ बार्षिकोत्सव मनाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.