गुल्मीमा अशक्तको घरमै पुगेर नागरिकता प्रदान

गुल्मी- जिल्ला प्रशासन कार्यालय गुल्मीले अशक्तको घरमै पुगेर नागरिकता प्रदान गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ नेटा निवासी ‘क’ वर्गका अपाङगता भएका नवीन मरासिनीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको हो ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम सहितको संयुक्त रुपमा मरासिनीलाई नागरिकता प्रदान गर्नुभएको थियो ।

२०६४ साल फागुन १७ गते जन्मिएका मरासिनी जन्मेको केहि वर्षपछि पहिले शरिर चल्न छोडेर बिस्तारामै हुनुहुन्छ । उहाँ अपांगता भएकै कारणले नागरिता प्राप्त गर्न सकेका थिएन् ।

मरासिनी सानै उमेरमा एक्कासी बिरामी परेपछि थलिदै गएर पूर्ण रुपमा अशक्त बनेको परिवारले जनाएको छ । उहाँ अहिले बिस्तारामै दिसा पिसाव गर्ने अवस्थामा रहनु भएको छ ।

उहाँलाई आमा गोमा मरासिनीले स्याहार–सुसार गर्दै आउनु भएको छ । गोमा तीन २ छोरा एक छोरी छन् । त्यसमध्ये कान्छो छोरा जन्मजात नै यस्तै भएको गोमा मरासिनीले बताउनुभयो । घरमै यसरी आएर सेवा प्रदान गरेकोमा खुसी लागेको उहाँको भनाइ छ ।

घरमै सेवा लिन पाउँदा खुसी लागेपछि छोरा यस्तो अवस्थामा हुँदा दुखः लागेको भन्दै भक्कानीदै सहयोग गर्नेलाई धन्यवाद दिनुभयो । घरमै पुगेर सेवाप्रदान गर्दै प्रमुख जिल्ला अधिकारी गौतमले अपाङगता भएर प्रशासन कार्यालयसम्म आउन नसक्ने नागरिकलाई घरमै पुगेर सेवा दिने कार्यालयको अभियान स्वरुप मरासिनीलाई नागरिकता प्रदान गरेको बताउनुभयो ।

यस अगाडि पनि जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय सरकारको समन्वयमा अशक्तहरुका लागि घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको छ । नेपालमै जन्मिएका नागरिक नागरिकता विहीन बन्न नहुने र त्यस्ता ब्यक्तिहरुको घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको गौतमले बताउनुभयो ।

सेवाग्राही सबै प्रमाण पुगेको तर कार्यालयमा पुग्न नसक्ने नागरिकको घरमा पुगेर बितरण गर्दै आएको उहाँको भनाइ छ । आवश्यक जिल्ला भरका सबै पालिकामा अशक्त, अपांगता र वृद्धलाई घरमा पुगेर नागरिकता प्रदान गरिदै आएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.