अमेरिकाले आजदेखि मेक्सिको र क्यानडामाथि २५ प्रतिशत अतिरिक्त कर लगाउँदै

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजैदेखि लागू हुने गरी मेक्सिकोमा २५ प्रतिशत, क्यानडामा २५ प्रतिशत र चीनमा १० प्रतिशत कर लगाउने ह्वाइट हाउसले जनाएको छ ।

क्यानडाबाट आयात हुने तेलमा भने करको दर कम गरिएको छ । क्यानेडियन तेलमा १० प्रतिशत कर मात्रै लगाउने र सो व्यवस्था आगामी फेब्रुअरी १८ देखि मात्रै लागू हुने ट्रम्पको भनाइ छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकासँग राम्रो व्यापार नगरेको भन्दै युरोपेली संघलाई पनि कर लगाउने योजना रहेको पनि बताउनु भयो । दशौं लाख अमेरिकीको ज्यान लिएको अवैध फेन्टानिलको वितरण अमेरिकामा गर्न अनुमति दिएको प्रतिक्रिया स्वरुप क्यानडा र मेक्सिको माथि अतिरिक्त कर वृद्धि गरिएको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जानकारी दिनुभयो ।

ट्रम्पले आफ्नो कदम मुलत अवैधानिक आप्रवासीका लागि रहको बताउनु भयो । तिनीहरु अमेरिकी सीमा पार गरी प्रवेश गरी छिमेकीहरुका बीच व्यापार घाटा गराउन सहयोग गरिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.