नेपालको पर्यटन विकासमा योगदान पुर्याएकोमा क्यासिनो माजोङलाई सम्मान

काठमाडौँ- नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान गरेकोमा क्यासिनो माजोङ दोस्रोपटक “Outstanding Contributor to Tourism Development in Nepal” अवार्डबाट सम्मानित भएको छ ।
भारतको मुम्बईस्थित मेलुहा “द फर्न”” होटलमा आयोजित आठौं हस्पिटालिटी इन्डिया ट्राभल अवार्ड कार्यक्रममा नेपालको सोल्टि होटल परिसरमा रहेको क्यासिनो माजोङ्लाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।
समारोह ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डिया (TAAI) का अध्यक्ष सुनील कुमार आर, इन्फोर्मा मार्केट्स इंडिया का प्रबन्ध निर्देशक योगेश मुद्रा हुनहुन। क्यासिनो माजोङ नेपाल, काठमाडौं र नेपालगञ्जका प्रबन्ध निर्देशक श्री विनोद श्रेष्ठ, अमूल्य राणा, लागयतको सहभागिता रहेको थियो ।
यसअघि क्यासिनो माजोङले ‘वेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेको छ । क्यासिनो माजोङले यसअघि पनि सन २०१९,२०२२ र २०२३ र मा ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ र सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्डबाट सम्मानित भइसकेको छ।






प्रतिक्रिया राख्नुहोस्