कला,संस्कृति र सम्पदाको जगेर्ना गर्न पिएसबी कोशेढुङ्गा सावित हुनेछ: पूर्वराष्ट्रपति भण्डारी

इटहरी- पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले मुलुकको लोकतन्त्रको प्रबर्द्धनका लागि मात्रै होइन देशको कला संस्कृति र सम्पदाको जगेर्ना गर्न पनि सार्वजनिक सेवा प्रसारण पिएसवी कोशेढुङ्गा सावित हुने बताउनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण नेपाल, एनटिभी इटहरी च्यानलको ५औँ वर्षिकोत्सव एवम् सार्वजनिक सेवा प्रसारणमा एनटिभी इटहरी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।

उहाँले नेपाली- नेपाली विचको आपसी सद्भाव, सहिष्णुता र भावनात्मक एकतालाई थप सुदृढ बनाउदै संघीय लोकतान्त्रीक गणतन्त्रलाई जनताको आफ्नो व्यवस्थाको रुपमा स्थापित गर्ने काममा पिएसबी महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारले केही गर्न सकेन भन्ने गलत भाष्यलाई चिर्दै सत्य र तथ्यमा आधारित समाचारहरु जनता समक्ष सम्प्रेसण गर्ने दायित्व सार्वजनिक सेवा प्रसारण नेपालले निर्वाह गर्नुपर्ने बताउनुभयो । पिएसवीले सबै क्षेत्रका अपार सम्भावनालाई जनता समक्ष पुर्‍याउनुपर्ने विचार राख्दै उहाँले सरकारका कमजोरीहरुलाई पनि उजागर गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पिएसवीले सत्य र तथ्यमा आधारित सूचना तथा समाचारहरु प्रसारण गर्नुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले पिएसबीले राष्ट्रिय जिम्मेवारि बहन गर्ने तर सरकारको प्रचारयन्त्रको रुपमा काम नगर्ने बताउदै राष्ट्रिय एकताको प्रवर्द्धन, बिपद्ब सम्बन्धी जानकारी सम्प्रेषण र समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका संचालक समितिका सदस्य अनिता गुरुङ र एनटिभी इटहरी च्यानलका प्रमुख बसन्त रुपाखेतीले नयाँ अवस्था र परिस्थिति अनुसार एनटिभी इटहरी च्यानलले पनि आफुलाई परिष्कृत गर्दै लगेको बताउनुभयो ।

विक्रम संवत २०७६ साल माघ १७ गतेबाट औपचारिक प्रसारणको सुभारम्भ भएको नेपाल टेलिभिजन इटहरी च्यानल स्थापनाको छैटौँ वर्षमा प्रवेश गरेको छ ॥

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.