नेपाली बैकहरुमा तरलता थुप्रिने क्रम अझै रोकिएन
लगानीयोग्य रकम प्रवाह नहुँदा फेरी ४० अर्व रुपैयाँ खिच्दै नेपाल राष्ट्र बैंक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ४० अर्ब रूपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट सो रकम उठाउन लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि आजै दिउँसो २ बजेसम्म बोलकबोलको समय तोकेको छ ।
सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन ११ गते तोकिने छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नु पर्नेछ ।
बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोलमा निक्षेप बापत जम्मा गर्न चाहेको रकम र ब्याजदर दशमलब पछिको हकमा चार अंकसम्म उल्लेख गर्नु पर्ने नेपाल राष्ट्र बैकले जनाएको छ ।
निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्