समाजवाद निर्माण गर्न सकिएन भने मलाई मृत्युदण्ड दिइयोस्: बामदेव गौतम (भिडियो)

काठमाडौँ- राष्ट्रिय सभा सदस्य तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माणका लागि बर्ष तोकेर काम अघी बढाउँदा पनि समाजवाद निर्माणगर्न नसकिए आफूलाई मृत्युदण्ड स्वीकर रहेको धारणा राख्नु भएको छ ।

राष्ट्रिय सभा बैठकमा आइतवार सम्बोधन गर्ने क्रममा नेता गौतमले वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न आफु तयार रहेको  बताउनुहुँदै आजको आवश्यक्ता समाजवाद निर्माण  रहेको बताउनु भयो ।

”हाम्रो राष्ट्रलाई चहिएको विषय लोकतान्त्रिक मुल्य मान्यतामा आधारित समृद्ध समाजवाद । यस दिशातिर न सत्ता पक्ष न प्रतिपक्ष कसैको पनि ध्यान छैन । हाम्रो देशमा यो समाजवादो संरचना निर्माण गर्न सकिन्छ ।   ‘समाजवाद निर्माण गर्नका लागि म आफूलाई दाउमा राख्न चाहान्छु । मलाई मृत्युदण्ड दिइयोस् यदि समाजवाद निर्माण हुँन सक्दैन भने । वर्ष तोकियोस् यति वर्षम समाजवाद निर्माण गर्ने भनेर त्यती बर्षमा समाजवादी निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु” नेता गौतमले भन्नुभयो ।

नेपालमा समाजवाद सम्भव भएको र विश्व यसरी नै अघि बढेको भन्दै नेत गौतमले समाजवाद निर्माण गरिए १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दावी गर्नु भयो । वर्षमा १४ खर्ब रुपैयाँ खर्च गरेर समाजवाद ल्याउने सामार्थ देशसँग रहेको भन्दै उहाँले पुँजिवाद अब यहाँभन्दा अगाडि नजाने भन्दै पुँजिवादबाटै नेपालमा समाजवाद आउने बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.