नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक बनाउन छुट्टाछुट्टै विधेयक प्रतिनिसभामा

काठमाडौँ- सरकारले नेपाल  नागरिक उड्डयान प्राधिकरणलाई  टुक्र्याएर नियामक र सेवा प्रदायक छुट्टाछुट्टै बनाउने गरी दुई वटा विधेयक प्रतिनिधि सभामा पेश गरेको छ ।

हालको प्राधिकरणले गर्दै आएको सेवा प्रदायक कार्य नेपाल हवाई सेवा प्राधिकरण र नियमनको कार्य नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने गरी दुई वटा संस्थाको ब्यवस्था सहितको विधेयक प्रतिनिधि सभामा पेश गरेको हो ।

नयाँ विधेयकमा निजी क्षेत्रले पनि विमानस्थल सञ्चालन गर्न सक्ने गरी कानुनी व्यवस्थाको प्रस्ताव गरिएको छ । विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि निजी क्षेत्रलाई विमानस्थल सञ्चालनको बाटो खुल्ने छ ।

विमानस्थलको सञ्चालन तथा व्यवस्थापन प्राधिकरणले गर्ने भए पनि प्राधिकरणले आफू अन्तर्गतको विमानस्थल नेपाल सरकारको स्वीकृति लिई कुनै सरकार वा गैरसरकारी निकाय वा प्रतिस्पर्धात्मक विधिबाट निजी क्षेत्रलाई करार सम्झौता गरी सञ्चालन तथा व्यवस्थापन गर्न दिन सक्ने व्यवस्था विधेयकमा राखिएको छ ।

त्यस्तै विमानस्थल निर्माणमा पनि निजी वा संयुक्त साझेदारीमा निर्माण गर्न प्रस्ताव छ।

नेपाल सरकारको स्वीकृति लिई स्वदेशी वा विदेशी लगानीकर्तासँग व्यावसायिक योजनाअनुसार संयुक्त लगानीमा योजना तथा कार्यक्रम सञ्चालन गर्न वा स्वदेशी वा विदेशी सरकार वा संस्थासँग सार्वजनिक निजी वा संयुक्त साझेदारीमा विमानस्थल निर्माण, स्तरोन्नति, सञ्चालन वा व्यवस्थापन गर्न सक्ने व्यवस्था गरेको हो।

विधेयक पारित भएपछि हालको नागरिक उड्यान प्राधिकरण नियमक निकायको रुपमा नागरिक उड्यान प्राधिकरण  र हवाइ सेवा प्राधिकरण सेवा प्रदायक निकायको रुपमा रहने छन् ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.