प्रविधिको प्रयोग र विकासबाट नेपाल अरू मुलुक भन्दा अगाडि जान सक्छ: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।

काठमाडौँमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको हो ।

उहाँले केही समय नेपाल पछाडि परेको भए पनि अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरू मुलुक भन्दा अगाडि जान सक्ने बताउनु भयो । उहाँले नेपालमा सबै खाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरूले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरू गर् नसक्ने बताउनु भयो । उहाँले आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भन्दै विद्यार्थीलाई पनि आत्मविश्वास राखेर देश बनाउन सकिन्छ भन्ने भावका साथ अध्ययन गर्न आग्रह गर्नुभयो । अहिलेको सरकारको ध्यान तीव्र विकासको काममा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।

काठमाडौँमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको हो ।

उहाँले केही समय नेपाल पछाडि परेको भए पनि अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरू मुलुक भन्दा अगाडि जान सक्ने बताउनु भयो । उहाँले नेपालमा सबै खाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरूले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरू गर् नसक्ने बताउनु भयो । उहाँले आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भन्दै विद्यार्थीलाई पनि आत्मविश्वास राखेर देश बनाउन सकिन्छ भन्ने भावका साथ अध्ययन गर्न आग्रह गर्नुभयो । अहिलेको सरकारको ध्यान तीव्र विकासको काममा रहेको उल्लेख गर्नुभयो । अहिलेको सरकारको ध्यान तीव्र विकास, आजका बालबालिकाहरूलाई ठिक ढङ्गले हुर्काउने, उनीहरूलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हिजोको हाम्रो इतिहास गौरवपूर्ण छ । अलिकति समय हामी पछाडि प¥यौँ । अब हामी पछाडि पर्नुपर्ने कुनै कारण छैन । सबै टेक्नोलोजी एभाइलेभल छ आज । स्पेस टेक्नोलोजी होस् की, एआई टेक्नोलोजी होस् की, अरू टेक्नोलोजी होस् की सबै एभाइलेभल छ । आज /÷१० मा पढ्ने विद्यार्थीले साइन्सका जुन डेमोहरु गर्दछन्, आश्चर्य लाग्दा डेमोहरु गर्दछन् । ११/१२ मा पढ्ने विद्यार्थीले स्पेस साइन्समा साना साना रकेटहरू छोड्छन् । अन्तरिक्षमा हामी स्याटलाइट पठाउन सक्छौँ भन्छन् । हामी पछाडि पर्नुपर्ने कुनै पनि कारण छैन । हामीले आत्मविश्वास राख्नुपर्दछ । अब हामी पछाडि पर्नु हुँदैन । हामीले आत्मविश्वास राख्नुपर्दछ । म देशको प्रधानमन्त्रीको हैसियतले नानीबाबुहरुलाई भन्न चाहन्छु, मेरो ध्यान, मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रूपमा आज विकास गर्ने, आज तीव्र विकास गर्ने, आजका बालबालिकाहरूलाई ठिक ढङ्गले हुर्काउने, उनीहरूलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने, ग्लवोल्ली उनीहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने र हामी अगाडि छौँ, हामीसँग हाम्रा महान् पुर्खाको जेनेटिक मेमोरी छ ।’

प्रधानमन्त्री ओलीले बालबालिकाहरूले हामी गर्न सक्छौँ र अरू भन्दा अगाडि जान सक्छौँ भन्ने सोचेर अध्ययन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सु स्वस्थ र निरोगी नेपाल बनाउने कुरामा सरकारको ध्यान रहेको बताउनु भयो । विद्यार्थीलाई गलत सङ्गतमा नपर्ने आग्रह गर्नुभयो ।

रहेको उल्लेख गर्नुभयो । अहिलेको सरकारको ध्यान तीव्र विकास, आजका बालबालिकाहरूलाई ठिक ढङ्गले हुर्काउने, उनीहरूलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हिजोको हाम्रो इतिहास गौरवपूर्ण छ । अलिकति समय हामी पछाडि प¥यौँ । अब हामी पछाडि पर्नुपर्ने कुनै कारण छैन । सबै टेक्नोलोजी एभाइलेभल छ आज । स्पेस टेक्नोलोजी होस् की, एआई टेक्नोलोजी होस् की, अरू टेक्नोलोजी होस् की सबै एभाइलेभल छ । आज /÷१० मा पढ्ने विद्यार्थीले साइन्सका जुन डेमोहरु गर्दछन्, आश्चर्य लाग्दा डेमोहरु गर्दछन् । ११/१२ मा पढ्ने विद्यार्थीले स्पेस साइन्समा साना साना रकेटहरू छोड्छन् । अन्तरिक्षमा हामी स्याटलाइट पठाउन सक्छाँै भन्छन् । हामी पछाडि पर्नुपर्ने कुनै पनि कारण छैन । हामीले आत्मविश्वास राख्नुपर्दछ । अब हामी पछाडि पर्नु हुँदैन । हामीले आत्मविश्वास राख्नुपर्दछ । म देशको प्रधानमन्त्रीको हैसियतले नानीबाबुहरुलाई भन्न चाहन्छु, मेरो ध्यान, मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रूपमा आज विकास गर्ने, आज तीव्र विकास गर्ने, आजका बालबालिकाहरूलाई ठिक ढङ्गले हुर्काउने, उनीहरूलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने, ग्लवोल्ली उनीहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने र हामी अगाडि छौँ, हामीसँग हाम्रा महान् पुर्खाको जेनेटिक मेमोरी छ ।’

प्रधानमन्त्री ओलीले बालबालिकाहरूले हामी गर्न सक्छौँ र अरू भन्दा अगाडि जान सक्छौँ भन्ने सोचेर अध्ययन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सु स्वस्थ र निरोगी नेपाल बनाउने कुरामा सरकारको ध्यान रहेको बताउनु भयो । विद्यार्थीलाई गलत सङ्गतमा नपर्ने आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.