संस्कृति,प्रकृति र सम्पदाहरू नेपालका खुला सङ्ग्रहालय हुन्: मन्त्री पाण्डे

काठमाडौँ –संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपालका विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहालय भएको उद्घोष गर्नु भएको छ।
सोमबार प्रा.डा.सोमप्रसाद खतिवडाद्वारा लिखित हनुमान ढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदा नामक पुस्तक र हनुमानढोका स्मारिका नामक पुस्तकको विमोचन गर्दै उक्त कुरा बताउनु भएको हो। मन्त्री पाण्डेले भन्नुभयो, हामी जीवित सम्पदाहरूले धनी छौँ। विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहालयका रूपमा रहेका छन्।यसलाई चलायमान बनाउन आवश्यक छ।
मन्त्री पाण्डेले सम्पदाहरू ठुलो पुँजीको रूपमा रहेको उल्लेख गर्दै जल,जङ्गल र जडीबुटी जस्ता जैविक सम्पदाको संरक्षणको आवश्यकता औंल्यानु भयो। उहाँले प्राकृतिक सम्पदाहरू जोगाउनका लागि प्राज्ञिक र एकेडेमीका रूपमा बहस र छलफल हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सम्पदाको अध्ययन,अन्वेषण हुँदा तथ्य र तथ्याङ्कमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुने गरी निष्कर्षमा पुग्नु पर्ने बताउनु भयो। मन्त्री पाण्डेले हनुमानढोका दरबार क्षेत्रको मूर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धानात्मक तरिकाले विराट र विशाल रूपमा अघि बढेको भन्दै प्रशंसा समेत गर्नुभयो।




प्रतिक्रिया राख्नुहोस्