चापाकोट दद्रानका किसानहरुको मनै लोभ्याउने कृषि कर्म

स्याङ्जा- स्याङ्जाका केही किसानहरु पछिल्लो समय आत्मनिर्भर बन्ने अभियानमा फरक तरिकाबाट माछा तथा हाँस पालन गर्न थालेका छन् ।

जसअन्तर्गत चापाकोट नगरपालिका-८ दद्रानका किसानहरु सामुहिक रुपमा माछा तथा हाँस पालन गरी देशमै स्वरोजगार बन्ने उद्देश्यका साथ अगाडि बढेका छन् ।

पहाडी जिल्लाहरुमा खासै माछा पालन गरेर आम्दानी गर्ने किसानको संख्या अत्यन्त न्यून रहेको छ । तर स्याङजामा भने केही किसानहरु माछा एवम् हाँस पालन गरी आत्मनिर्भर बन्दै आएका छन् ।

बिगत २ बर्षदेखि चापाकोट-८ दद्रानका किसानहरु मनकामना कृषि तथा पशुपालन ब्यावसाय फर्म दर्ता गरी माछा र हाँस पालेर मनग्य आम्दानी गरेका छन् ।

तीनजनाको समूहबाट किसानहरुले करिब १५ रोपनी जग्गामा २२ लाखको लागतमा तीनवटा पोखरी निर्माण गरेर व्यवसायको थालनी गरेका हुन् । उक्त पोखरीमा रहु, इजरायल, सिल्वर जातका ७० हजार माछा छन् राखिएको छ भने सेतो र खैरो ३ सय हाँस रहेका छन् ।

आफुहरुले गरेको ब्यावसाय फस्टाउदै जाँदा आनन्द आउने गरेको कृषक बताउछन् । छोटो समयमा नै आम्दानी प्राप्त गर्न सकिने र तयारी भएका माछाहरु विक्रीका लागि बजारीकरणको कुनै समस्या नभएको उनिहरुको भनाई छ ।

उत्पादन भएका माछा तथा हाँस बिक्रीका लागि गण्डकी बेंसी क्षेत्रका ठाँउ लगायत वालिङ, पाल्पाको रामपुर र पोखरासम्म बिक्री हुँदै आएको छ । किसानले माछा प्रतिकेजि ५ सय र हाँसलाई प्रतिकेजि ७ सय पचास बिक्रि गर्दै आएका छन् ।

अन्य खेति भन्दा सजिलो र छोटो समयमै आम्दानी गर्न सकिने भएका कारण पनि यहि ब्यावसाय रोजेको कृषक हरीप्रसाद भट्टराइको भनाई छ ।

विदेशमा गई पसिना बगाउनुभन्दा स्वदेशमै बसेर आत्मनिर्भर बन्ने र सफल कृषक बन्ने उद्देश्यले गरिएको व्यवसाय फस्टाउदै जाँदा ब्यावसाय बढाउने सोचमा दद्रानका किसानहरु रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.