प्राथमिकता हेरेर प्रतिपक्षका माग पूरा गर्ने सहमती

मकवानपुर- प्राथमिकता हेरेर प्रतिपक्षका माग पूरा गर्ने सहमतीसहित बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबिचको सर्वदलीय बैठक सकिएको छ ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा मंगलबार साँझ बसेको सर्वदलिय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उठाएका मागहरु अनूकुलता हेरेर पूरा गर्दै लैजाने सहमती भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री शुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ प्रवक्ता लामिछानेले बैठक सौहार्दपूर्ण रुपमा सम्पन्न भएको बताउनुभयो । संसद पनि चलाउँदै लैजाने, बजेटमा सम्बोधन नभएका विषयमा अर्थ मन्त्रालयसँग समन्वय गरेर सहमतीको वातावरण निर्माण गर्ने, असोज ११ र १२ गते बिपदका समयमा प्रतिपक्षी दलसँग गरिएको सहमती कार्यान्वयनमा लैजाने सहमती भएको उहाँले बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकट्टेलले आफ्ना मागका विषयमा छलफल मात्रै भएको सहमती भने नभएको बताउनुभयो । आज बस्ने प्रदेश सभाको बैठकमा अवरोध भने नगर्ने उहाँले बताउनुभयो ।

प्रदेश सभाको बैठका बुधबार बिहान ११ बजे बस्ने तय भएको छ । बुधबारको बैठकमा संसद सचिवालयमा दर्ता भएका विधेयक पेश गर्ने कार्यसूचि रहेको सभामुख भुवन कुमार पाठकले जानकारी दिनुभयो । बैठकमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दलमध्य पाँच दलका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.