लामिछानेको बयान भर्खरै सकियो , थुनछेक बहसको तयारी

चितवन – चितवन जिल्ला अदालतमा रवि लामिछानेको बयान भर्खरै सकिएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने बयानका लागि आज बिहान अदालतमा उपस्थित भएका थिए ।
न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान लिइएको हो । बयान सकिएसँगै थुनछेक बहसको तयारी गरिएको छ । बहसका लागि दुवै पक्षबाट १३ जनाले वकालत नामा दर्ता गराएका छन् । सरकारी वकिलको तर्फबाट तीन जना, सहकारी पीडितको तर्फबाट चार जना र रविको पक्षबाट बहस गर्न ६ जनाले वकालत नामा दर्ता गरेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मङ्गलवार रवि सहित १५ जना विरुद्ध पूरक अभियोग पत्र दायर गरेको थियो । यसअघि असोज ८ गते १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्