सवारी दुर्घटनामा तीन जना घाईते

धादिङ – धादिङको मलेखु नजिकै पृथ्वी राजमार्गमा पाँच ओटा सवारी एक आपसमा ठक्कर खाँदा तीन जना घाईते भएका छन् ।
पृथ्वी राजमार्ग स्थित मलेखु बोनीघाट सडक खण्डमा भएको उक्त सवारी दुर्घटनामा तीन जना घाईते भएका हुन ।
काठमाण्डौबाट मुिग्लिन तर्फ जाँदै गरेको माईक्रो बसले विपरित दिशतर्फबाट आउदै गरेको चार ओटा सवारीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाईतेको मलेखु स्थित स्थानीय अस्पतालमा उपचार भई रहेको र सबै घाईते खतरा मुक्त रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख सुरज श्रोष्ठले जानकारी दिनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्