पाल्पाको जल्पामा चितुवाको आतङ्क, स्थानीय त्रसित

पाल्पा- पाल्पाको पूर्व खोला गाउँपालिका २, जल्पामा चितुवाको आतङ्कले स्थानीयवासी त्रसित बनेका छन् ।

चितुवाले पछिल्लो केही दिनदेखि चराउन लगेका खोरमा राखेका बाख्रा–बोका र कुकुरलाई समेत आक्रमण गरी खाइदिने गरेको छ ।

गत आइतबार मात्रै पूर्व खोला गाउँपालिका २, जल्पा साकिनेका स्थानीय हेमा सारू र अन बहादुर सारूको बाख्राको खोरमा पसेर १ वटा खसी र १ वटा माउ बाख्रा चितुवाको सिकार बनेको स्थानीय अम्बर सिं रानाले जानकारी दिनुभयो ।

यस अघि अघिल्लो महिना मात्रै सोही स्थानका स्थानीय अम्बर सिं सारूको चराउन लगेका ४ वटा बाख्रा र मनकुमारी सारूको एक वटाको माउ बाख्रा र कुकुर चितुवाको सिकार बनेको स्थानीय रानाले बताउनुभयो ।

जङ्गली चितुवा गाउँमा, घर, गोठमा पसेर बाख्रा, कुकुर खान थालेपछि यहाँका स्थानीय त्रसित बनेका छन् । जल्पा साकिनेका टोल संयोजक मीन बहादुर रानाका अनुसार चितुवाले बर्सेनि गोठमा पसेर बोका, बाख्रा, कुकुर लगायतका पशु चौपाया खाइनै रहेको छ । चितुवाले पछिल्लो समय गाउँमा पसेर खोरमा राखिएका बाख्रा, कुकुर मरिदिने, खाइदिने, घाइते बनाउने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.