प्रेस चौतारी नेपालद्वारा पुरस्कार घोषणा

काठमाडौँ-  प्रेस चौतारी नेपालले विभिन्न सात विधिमा पत्रकारिता पुरस्कार घोषणा गरेको छ । वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजत्वमा गठित पुरस्कार छनोट समितिको सिफरिसका आधारमा प्रेस चौतारीले सात विधामा पुरस्कार पाउने पत्रकारको नाम घोषणा गरेको हो ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाका अनुसार हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार नेपालप्रेस डटकमका प्रधानसम्पादक मातृका पौडेल (रामेछाप)लाई दिने निर्णय गरिएको छ ।

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार हेमन्त पौडेल (कैलाली), डा शान्ति पाण्डे प्रेस चौतारी नेपाल राष्ट्रिय महिला पत्रकारिता पुरस्कार शान्ति गुरुङ (कास्की), वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लालबाबु शेख (पर्सा) र रिमा सोमै (पाल्पा)लाई प्रदान गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार टपेन्द्र कार्की (काठमाडौँ) र मालती केसी (सुर्खेत), सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार उषा तामाङ (दोलखा) र रोशनी कठेत (सुनसरी) तथा चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार गार्डेन राई (सोलुखुम्बु) र हरिश चन्द (डडेल्धुरा) लाई प्रदान गर्ने निर्णय गरिएको महासचिव लामाले उल्लेख गर्नुभयो ।

उहाँले प्रेस चौतारी नेपालले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसर (२२ माघ) मा प्रदान गर्दै आएको पुरस्कार आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने १०औँ महाधिवेशनमा दिने निर्णय भएको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.