त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा.सुवासप्रसाद आचार्य

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. सुवासप्रसाद आचार्य र महाराजगञ्ज चिकित्सा क्याम्पसको क्याम्पस प्रमुखमा प्रा.डा. सुरेश उप्रेती नियुक्त हुनुभएको छ ।

छनोट समितिले दिएको सिफारिसमा आचार्य र उप्रेतीलाई नियुक्त गरिएको हो ।

कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले प्रारम्भिक चरणमा चार जनालाई छनोट गरेको थियो । जसमा प्रारम्भिक सूचीमा प्रा.डा घनश्याम गुरुङ, प्राडा नरमाया थापा सह प्रा डा गोपाल सेडाईं, र प्रा डा सुवासप्रसाद आचार्यलाई छनोट गरेको थियो ।

त्यस्तै, महाराजगन्ज चिकित्सा क्याम्पसको प्रमुखका लागि प्रारम्भिक चरणमा ५ जना छनोटमा परेका थिए ।

डीन कार्यालयका अनुसार क्याम्पस प्रमुखका लागि मिनु चौधरी, योगेन्द्रमान शाक्य, रमेशसिंह भण्डारी, सुरेश उप्रेती र संघरत्न बज्राचार्य उहाँहरूको कार्यकाल ४ वर्ष रहने छ । 

त्रिविमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम २०८१ को आधारमा कार्यकारी निर्देशकको नियुक्ति गर्ने व्यवस्था छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.