बजेटको आकार घटाएर करिव १६ खर्ब ९३ अर्बमा झारियो

काठमाडौँ- सरकारले चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६८ अर्बले घटाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षासहित बजेटको आकार घटाउनु भएको हो ।

जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रहेको बजेट अहिले  घटाएर १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाखमा झारिएको छ । यो सुरु बजेट अनुमानको ९० दशमलव १९ प्रतिशत हो ।

सो रकममध्ये चालू खर्चतर्फ १० खर्ब २९ अर्ब ३० करोड, पुँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६३ अर्ब ६३ करोड रहेको छ ।

त्यस्तै राजस्व परिचालन भने १२ खर्ब ८६ अर्ब रुपैयाँ मात्र हुने अनुमान सरकारले गरेको छ ।

सरकारले यसबीच राजस्व र आन्तरिक ऋणबाट १४ खर्ब ७५ अर्ब बराबर स्रोत जुट्ने अनुमान गरेको छ ।

बाँकी रकम जुटाउन वैदेशिक अनुदान र वैदेशिक ऋणमा भर पर्नुपर्छ । त्यसको अनुमान क्रमशः ३६ अर्ब ६२ करोड र १ खर्ब ८० अर्ब ८३ करोड रुपैयाँ बराबर गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.