बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदीलाई सिफारिस

काठमाडौँ- नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिको लागि सुशील देव सुवेदीलाई सिफारिस गरिएको छ।

प्राधिकरणको पदपूर्ति समितिले कार्य सम्पादन मूल्याङ्कनमा सर्वाधिक अङ्क प्राप्त गरेको आधारमा सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्न शिफारिस गरिएको हो । 

पदपूर्ति समितिले सुवेदीको नाम सञ्चालक समितिसमक्ष सिफारिस गरेको हो।

प्राधिकरणको सञ्चालक समितिले स्वीकृत गरेपछि सुवेदी कार्यकारी निर्देशकमा नियुक्त हुनुहुनेछ ।

पदपूर्ति समितिले प्रकाशन गरेको सूचना अनुसार तीनजना उम्मेदवारमध्ये सुवेदीले सर्वाधिक ७७ दशमलव १९४ अङ्क प्राप्त गर्नुभएको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.