रुपन्देहीमा कल बाइपासको आरोपमा उपकरणसहित एक जना पक्राउ

रुपन्देही- कल बाइपास गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका–८ नोडिहवाका २७ वर्षीय रोहित अहिर रहेका छन् ।

अहिरलाई प्रहरीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–३ खजहनाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकृतप्रहरी निरीक्षक यमलाल बन्जाडेका अनुसार कोठा भाडामा लिएर कल बाइपास सारकलन आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार अहिरले विभिन्न उपकरण जडान गरी नेपाल टेलिकम र एनसेलको सिमकार्डमार्फत कल बाइपास गरेको देखिएको छ । यसक्रममा प्रहरीले स्पोइलर कम्पनी हब ९ थान, सिपियु ४ थान, मोडेम १६७ थान, हब विथ एन्टेना २ थान, नेपाल टेलिकमको सीमहरु बरामद गरेको छ ।

यस्तै, एलसिडी मनिटर १ थान, मोबाइल ५ थान, ल्यापटप १ थान, वर्डलिंक राउटर, स्वीच, नेटवर्कभिडिओ रेकर्डर, हब केबल्स लगायत सामान बरामद भएको प्रहरी निरीक्षक बन्जाडेले बताउनुभयो ।

अहिरलाई शुक्रबार कल बाइपास कसुरमा रुपन्देही अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

जिएसएम ओभर इन्टरनेट प्रोटोकल (जिओआइपी) र भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भिओआइपी) दुई किसिमबाट कल बाइपास हुनेगरेको छ । कल बाइपासको नेटवर्क अन्तर्राष्ट्रिय तह हुँदै नेपालसम्म आइपुगेको हो । प्रहरीका अनुसार विदेशबाट नेपाल आउने नेटवर्क सर्भरलाई बीचबाटै डाइभर्टगरी कल बाइपास गरिन्छ ।

कल बाइपास गर्दा टेलिकमले पाउने राजश्व गिरोहले बीचबाटै गायब पार्ने हुनाले सेवा प्रदायक कम्पनीलाई सिधै नोक्सान पुग्छ ।

अहिरले कुन किसिमको कल बाइपास गरेका हुन् प्रहरीले अनुसन्धान गरीरहेको र नेपाल टेलिकम र एनसेल दुबैका विज्ञ प्राविधिकसँग परामर्श समेत गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.