ब्यबसायिक किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण

बझाङ- कृषि ज्ञान केन्द्र बझाङले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गरेको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी चार सय क्‍वीन्टल आलुको बीउ वितरण गरिएको हो ।

कृषि ज्ञान केन्द्र बझाङले काडिनल रातो उन्नत जातको आलुको बीउ वितरण गरिएको जनाएको छ। विभिन्न व्यावसायिक संस्थामा आबद्ध किसानलाई समूह र सहकारीमा आबद्ध भएका किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिएको हो ।

प्रतिकिलो ६५ रुपैयाँ पर्ने आलुको बीउमा कृषि ज्ञान केन्द्र बझाङले ५० प्रतिशत लगानी गरिदिएको कृषि ज्ञान केन्द्र बझाङ का अधिकृत जनक बहादुर सिंहले जानकारी दिए । कार्यालयले सूचना प्रकाशित गरी किसानको मागअनुरूप बीउ मगाएर वितरण गरिएको कार्यालय प्रमुख खेम पनेरु ले जनाए ।

किसानलाई तरकारी खेतीमा आकर्षित गरी आत्मनिर्भर बनाउन र उनीहरूको आय बढाउन कृषि ज्ञान केन्द्र बझाङ सधै सक्रिय भूमिका निर्वाह गरिरहेको कार्यालय प्रमुख पनेरुले बताए ।

किसानलाई अनुदान, उन्नत बीउ, कृषि यन्त्रको क्षेत्रमा समेत सहयोग गर्दै आएको उनको भनाइ छ । अनुदानका कार्यक्रम ल्याएपछि किसान थप उत्साहित भएर कृषि पेसामा लाग्न थालेको उनले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.