खानेपानी मन्त्रालय आगलागी (तस्बीरहरु)

काठमाडौं- सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । बिहान ८ बजेतिर लागेको आगो करिव आधाघण्टामा नियन्त्रणमा आएको छ ।

काठमाडौ महानगरपालिकाको दमकल समेतको सहयोगमा सिंहदरवार भित्रका सुरक्षाकर्मीहरुले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट भौतिक पूर्वाधार मन्त्रालय रहेको भवनको चौथो तलाको खानेपानी मन्त्रालयमा सामान्य क्षति भएको छ ।

आगलागीबाट मन्त्रीको कार्यकक्षमा रहेका सरसामान जलेका छन् । आगलागीको कारण र क्षतिको विस्तृत विवरण थाहा हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.