सञ्चारकर्मी समिरको कथा संग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक

काठमाण्डौँ । नेपाल टेलिभिजनका कार्यकारी निर्माता एवम सञ्चारकर्मी दिपक समिरद्वारा लिखित कथा संग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक भएको छ ।
सनिवार राजधानीमा एक कार्यक्रमकाबीच समिरको पहिलो कथा संग्रहको विमोचन गरिएको हो ।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र बिष्टले समिरको कथा संग्रहले वर्तमान समाजको बिम्ब उतारिएको अनुभुति गराउने धाराणा राख्नु भयो ।
कथा संग्रहमा कबिता, निबन्ध र गीतको समेत संयोजनले पुस्तकलाई थप पठनीय बनाएको र काथा संग्रहमा समेटिएका विषयबस्तुले समाजलाई सचेत बनाउन सहयोग पुग्ने अपेक्षा डा विष्टको थियो ।
कार्यक्रममा बोल्दै सार्वजनिक सेवा प्रसारण संचालक समिति सदस्य फूलमान बल तामाङ्गले कथा संग्रहमा भूत, वर्तमान र भविष्यको संयोजन गरिएको बताउनु भयो ।
अति यथार्थवादी कल्पनाशिलताको प्रयोग गरिएका कारण कथामा नयाँ आयाम थपिएको भन्दै उहाँले आजको बिसंगत समाजलाई पर्दाफास गर्न कथा संग्रह सफल विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कथा संग्रहको समिक्षा गर्दै प्राध्यापक तथा समालोचक डाक्टर गीता त्रिपाठीले कथा ‘इतिहाँस’ र ‘बर्तमान’लाई जोड्ने पूल बनेको धारणा राख्नु भयो।
कथा संग्रहमा रहेको ‘नवराज बिकको भ्यालेन्टाइन डे’ शिर्षकको कथाले रुकुम हत्या काण्डमा मारिएका नवराज बिकलाई समेटेको भन्दै उहाँले कथा संग्रह नेपालको सामाजिक परिवेश र समाजको पीँधमा पारिएको वर्गहरुप्रति लक्षित रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल टेलिभिजन प्रमुख कार्यकारी निर्माता एवम् साहित्यकार टंक उप्रेतीले समाजमा नदेखिएका बिषयलाई सुक्ष्म तरिकाले अध्ययन गरि कथा लेखेको भन्दै कथाकार समिरको सिर्जनशिलता, नविनताको प्रशंसा गर्नुभयो ।
संचारकर्मी समिरले आफ्नो कर्मथलो रेडियो र टेलभिजन नै कथा संग्रहको पृष्ठभुमि भएको बताउनुभयो । इन्डिगो इन्कद्वारा प्रकाशित कथा संग्रहमा बिभिन्न शिर्षकका १४ वटा कथाहरु समावेश गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्