चितवनमा बस दुर्घटना, २५ भन्दा बढी घाइते

चितवन- चितवनको भरतपुर-२९ गाईघाटमा रात्रीबस दुर्घटना हुँदा २५ भन्दा बढी घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस पुलवाट करिब २० मिटर तल खोल्सिमा खसेर दुर्घटना भएको हो ।
बस आज बिहान पौने पाँच बजे सेतीदोभानस्थित गाईघाटमा गाडीको टायर फड्किएर पुलबाट तल खसेर दुर्घटना भएको हाम्रा चितवनस्थित सम्वाददाता जनाएका छन् ।
घाईतेहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको नेपाल प्रहरी राजर्माग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख का एसपी नरेश सुवेशीले जनकारी दिनुभएको छ ।
घटनास्थलमा प्रहरी टोली उद्धारको लागि खटिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया राख्नुहोस्