सल्यान महोत्सवमा भीषण आगोलागी, ८० स्टलमा आगजनी

सल्यान- सल्यानमा लागेको महोत्सवमा आगलागी भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरकेो दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको हो ।
आठ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी हुँदा करोडौं मुल्य बराबरको सामान जलेर नस्ट भएको छ । १८ गतेबाट जारी महोत्सवमा हिजो ८औं दिन राती आगलागी हुँदा करोडौं मुल्य बढीको सामान जलेर नस्ट भएको हो ।
महोत्सवमा राखिएका १३५ स्टल मध्य ८० स्टलमा आगजानी भएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गएराती ११ वजे स्टलमा आगलागी भएको हो । आगलागी वाट ८ करोड वढिको क्षति भएको अनुमान गरिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राती नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार क्षतिको बिबरण आउन र आगो के कसरी आगलागनी भएको अनुसन्धान भैरहेको छ ।।
प्रतिक्रिया राख्नुहोस्