सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो एक बजे र राष्ट्रियसभाको बैठक सवा एक बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि माननीय प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने छ ।
यसैगरी गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक-२०८१’, ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’लाई प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्न कार्यसूचीमा उल्लेख छ ।
आजकै बैठकमा विधायन विधेयक, २०८० सम्बन्धमा ‘कानुन, न्याय तथा मानव अधिकार समिति’को प्रतिवेदनको विभिन्न बुँदाहरु र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘विधायन विधेयक- २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
प्रतिक्रिया राख्नुहोस्