काठमाडौँको दक्षिणकालीमा स्कुल बस दुर्घटना, २ जनाको मृत्यु

काठमाडौँ- काठमाडौँको दक्षिणकालीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बा १ क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस आज दिउँसो दक्षिणकाली नपा-४ मा दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसका चालक ३५ बर्षीय रामकृष्ण थापा मगर र ८ बर्षीय विद्यार्थी विपिन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरिक्षक अपिलराज बोहोराले जानकारी दिनुभएको छ।

बसमा रहेका करिव ६० जना मध्ये अधिकांश घाइतेहरुको काठमाडौँका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरी उपरिक्षक बोहोराको भनाइ छ ।

बोहोराका अनुसार घाइतेहरुमध्ये बयोधा अस्पताल बल्खुमा ५ जना, नगर अस्पताल दक्षिकालीमा ३ जना, किर्तिपुर अस्पतालमा ३ जना, शहिद मेमोरियल अस्पताल कलंकीमा ३ जना, ट्रमा सेन्टरमा १२ जना, मेडिसिटीमा ७ जना र मनमोहन अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।

बस सडकबाट करिव १ सय मिटर तल खसेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.