मोटरसाइकल दुर्घटनामा परी पोखरामा २ जनाको मृत्यु

कास्की- मोटरसाइकल दुर्घटनामा परी आज पोखरामा २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा २४ कास्कीकोट बस्ने वर्ष २१ का सफल रानाभाट र मोटरसाइकलमा सवार पोखरा ८ सिमलचौर निवासी वर्ष २१ को सुजल अधिकारीको म‌ृत्यु भएको हो ।

आज बिहान पोखरा ६ बैदाम स्थित ३ नं स्ट्रिटमा लेकसाईडबाट शहिदचोकतर्फ आउँदै गरेको ग १३ प ६७१९ नं. को मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटनामा परेको कास्की प्रहरीले उल्लेख गरेको छ।

उनीहरु दुबै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल सडक छेउमा रहेको सोलारको पोलमा ठोकिएर दुर्घटनामा परेको कास्की प्रहरीको भनाको भनाइ छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.