प्रति तोला एक हजार चार सयले बढ्यो सुनको मूल्य

काठमाडौँ –  नेपाली सुनचाँदी बजारमा सुनको मूल्य नयाँ रेकर्ड नजिक पुगेको छ । सोमबार प्रतितोला एक हजार चार सय रुपैयाँले बढ्दै सुन रेकर्ड नजिक पुगेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको ऐतिहासिक मूल्य तोलामा एक लाख ७१ हजार रुपैयाँ थियो ।

आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार नौ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.