राजदूत वलीलाई गणतन्त्र लाओसको पनि जिम्मेवारी

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओसका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले वलीलाई उक्त पदमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.