भूमि सम्बन्धी अध्यादेशलाई जसपाले समर्थन नगर्ने

काठमाडौँ- जनता समाजबादी दलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशलाई दुवै सदनमा अस्वीकार गर्ने भएको छ ।
जसपाको आज बसेको संसदीय दलको बैठकले सरकारले ल्याएका ६ वटा अध्यादेशहरु मध्ये भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशलाई अस्वीकार नगर्ने निर्णय गरेको हो ।
उक्त अध्यादेशलले विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमा तथा क्षेत्र समेत नतोकी बिक्रि वितरण गर्ने वा बाड्ने बाटो खुल्ने जसपाको ठहर छ ।
‘’अध्यादेशप्रति हाम्रो गम्भीर असहमति र विरोध रहेको छ । उक्त उक्त अध्यादेशले घरजग्गा व्यवसाय, अव्यवस्थित बसोबास, जग्गा विकास गरी घडेरी वा त्यस्तो घरेडीमा घर निर्माण गरी बिक्रि वितरण गर्ने भनि सार्वजनिक जग्गा, नदी, खोला वा नहर किनारको जग्गा, वन, राष्ट्रिय निकुन्ज तथा आरक्षणको जग्गा, गौचर हाट, हाटघाट वा बजारको जग्गा, सडक छेउको जग्गा, वन क्षेत्र वा मध्यवर्ती क्षेत्र जनिएको जग्गा, बुट्यान क्षेत्र जनिएको जग्गाका साथै राष्ट्रिय वन जंगल अतिक्रमण गरी, फडानीगरी अवैध रूपमा बसोबास गर्ने व्यक्तिहरूलाई बाड्ने लगायतका कार्यहरुवाट वन विनाश भई पर्यावरण र जैविक विविधता नष्ट हुनुका साथ आन्तरिक बसाई सराई तथा आप्रवाशनमा अत्याधिक बृद्धिका कारण भविष्यमा आन्तरिक द्वन्दको सृजना भई मुलुकलाई नै छिन्नभिन्न पार्ने खेल हुन सक्ने सम्भावना छ’। चुरिया क्षेत्रमा समेत यसबाट गम्भीर असर पर्न जानेछ, जसबाट तराई / मधेश मरुभूमिकरणमा परिणत हुनेछ । बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ ।
सरकारले भूमिहीन दलित, भूमिहीन र गरिब सुकुम्वासी र अव्यवस्थित बसोबास आदिको समस्या समाधान गर्न चाहने हो भने नेपालको प्रचलित ऐन कानुनमा प्रर्याप्त व्यवस्था रहेको जसपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्