बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
काठमाडौँ- सत्ता साझेदार मुख्य दुई दलको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु हुँदै छ।
विशेषगरी सरकारका काम कारवाहीहरुलाई थप गति सरकारलाई प्रभावकारी बनाउने विषमा छलफल गर्न संयन्त्रको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकका लागि संयन्त्रको कार्यदलका सदस्हरु बालुवाटार आपुगेको प्रेस संयोजक प्रकाश शिलवालले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्व रहेको राजनीतिक संयन्त्रको कार्यादलमा संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति माननीय पूर्णबहादुर खड्का, महामन्त्री माननीय गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री माननीय रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा रहनु भएको छ भने नेकपा (एमाले) को तर्फबाट बरिष्ठ उपाध्यक्ष श्री ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री माननीय विष्णुप्रसाद पौडेल, महासचिव श्री शंकर पोखरेल र उपमहासचिव श्री विष्णु रिमाल रहनु भएको छ ।





प्रतिक्रिया राख्नुहोस्