निर्धक्क व्यवसाय गर्नुहोस्- गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले व्यवसायीहरुलाई निर्धक्क भएर व्यवसाय गर्न आग्रह गर्नुभएको छ । उहाँले कुनै पनि व्यवसायिले भय डर र असुरक्षाको अनुभुती गर्नु नपर्ने भन्दै नियम र काननु सम्बत व्यवसाय गर्नेलाई सरकारले संरक्षण र सुरक्षा प्रदान गर्ने बताउनु भएको हो ।
सिन्धुली उद्योग बाणिज्य सङ्घको ३४ औं बार्षिक साधारणसभा तथा १५ औं अधिवेशन समुद्घाटन समारोहमा मंगलबार सम्बोधन गर्दै गृहमन्त्री लेखकले जबर्जस्ति बन्द गर्ने, हड्ताल, चन्दा आतङ्क तथा अन्य अबरोध सिर्जना गर्ने गतिविधिलाई नियन्त्रण गर्न सरकार हमेसा प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक रणनीति समेत बनाएको जानकारी दिनुभयो ।

उद्योगी व्यवसायि साथिहरु तपाईहरु माथि कुनै पनिखालका अबान्छित दवाव सिर्जना भयो भने त्यो कुरा स्थानीय प्रशासन, गृह मन्त्रालयलाई जानकारी गराउनुस । हामी कुनै पनि खालको गलत दवाव व्ययवसायिको माथि, उद्योगी माथि आउन दिने छैनौ उहाँले सिन्धुलीका उद्योगी व्यवसायीमाझ भन्नुभयो ।

नीजि क्षेत्रको सहभागिता विना आर्थिक विकास संभव नभएको गृह मन्त्री लेखकको भनाई छ । अहिले नेपाली काँग्रस र नेकपा एमालेको बीचमा बनेको नया समिकरण केही मानिसहरु मन्त्री बन्नका लागि मात्रै सरकार नबनेको भएर ।

मुलुकलाई सुशासन दिन, मुलुकमा खस्केको अथतन्त्रलाई मजबुत बनाउन, नीजि क्षेत्रका लागि अनुकुल बाताबरण बनाउनका निमित्त, देशमा भ्रष्टाचार नियन्त्रण गरेर सुशाासन स्थापनाका लागि अहिलेको समिकरण बनेको उहाँले बताउनु भयो । मन्त्री लेखकले बर्तमान सरकार राष्ट्र र जनताका पक्षमा काम गर्दै गएको बताउनु भएको छ ।

सरकार नेपाली काँग्रेस र नेकपा एमाले बीच भएको सात बुदे सहमति अनुसार अगाडी बढी निष्कर्षमा पुग्ने र त्यसमा कसैले पनि दुविधा नलिन उहाँले आग्रह गर्नुभयो । उहाँले यो सरकार ढाल्न कोही लागि रहनु भएको छ भने त्यो समय र परिश्रम खेर जाने प्रष्ट्याउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.