लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको प्रगतिबारे मुख्यमन्त्रीको चासो

चालु आर्थिक वर्षमा एक अर्ब ८० करोड बजेट विनियोजन

 

बुटवल–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणाधीन स्थलको अनुगमन गर्नुभएको छ । बुटवलको हस्पिटल लाइनमा स्थित निर्माणाधीन स्थलको अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले कामको प्रगतिबारे जानकारी लिनुभएको छ । प्रदेश सरकारले महत्त्वपूर्ण गौरवको आयोजनाका रूपमा प्राथमिकताका साथ अघि बढाएको यस आयोजनाको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्न सरकारले निगरानी बढाएको मुख्यमन्त्री आचार्यले बताउनु भयो ।‘

मुख्यमन्त्री आचार्यले विशेष गरी, यो प्रदेशको गौरवको आयोजना भएकाले प्रदेशले जुन लक्ष्य र उद्देश्य बोकेर यसलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।

यसले समग्र प्रदेशको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने मुख्यमन्त्री आचार्य विश्वास व्यक्त गर्नुभयो । उहाँले कुनै पनि अवस्थामा काममा समस्या नआओस् भन्नका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको पनि बताउनु भयो ।’

प्रदेश सरकारले चालु आर्थिक वर्षमा यो भवन निर्माणका लागि एक अर्ब ८० करोड बजेट विनियोजन गरेको छ । आयोजना स्थलको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले काम सन्तोषजनक ढङ्गले अघि बढिरहेको बताउनुभयो । ‘यही हिसाबले काम अघि बढ्यो भने तीन वर्षभित्र भवन सम्पन्न हुनेछ भन्ने आशा जागेको मुख्यमन्त्री आचार्यलेको भनाइ छ । यही आर्थिक वर्षमा २८ प्रतिशतसम्म काम सम्पन्न गर्ने रिपोर्टिङ प्राप्त भएको छ । हालसम्मको कामलाई मूल्याङ्कन गर्दा सन्तोषजनक देखिएको ले आयोजना समयमै पुरा हुने विश्वास स्थानीय बासिले समेत गरेका छन् ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.