मन्त्रिपरिषद्का निर्णय सार्वजनिक,सचिव र सहसचिवहरुको सरुवा

काठमाडौं-सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।  सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

मन्त्रिपरिषद बैठकले तीन जान सचिव र १७ जना सहसचिवको सरुवागरेको छ ।

राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

यस्तै अर्थ सचिव डा‍.रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।  अख्तियारका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ ।

बैठकले लुम्बिनी प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेर सोही प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ  ।

बैठकले सजाय, माफी, मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ खारेज गरेको छ भने बीमा नियमावली, २०८१ स्वीकृत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.