काठमाडौंको शंखरापुरमा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मृत्यु्,४० जना घाइते

काठमाडौँ- काठमाडौंको शंखरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको र  ४० जना घाइते भएका छन् ।

आज बेलुका करिब ५ बजेको समयमा  शंखरापुर नगरपालिका वडा नं- ५ कात्तिके स्थित साँखु, नगरकोट सडक खण्डमा भएको दुर्घटनामा घाइते ४३ जना मध्ये ३ जनाको निधन भएको र ४० जनाको उपाचार भरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता अपील राज बोहोराले नेपालटिभीअनलाइनलाई  जानकारी दिनु भयो ।

मृत्तकहरुमा मोरङ उर्लाबारी नगरपालिका वडा नं. ७ घर भई हाल का.जि. कपन बस्‍ने बर्ष ११ को क्रिसल पुरी, सिन्धुपालचोक बलेफी गाउपालिका वडा नं. ७ घर भई हाल चाबहिल बस्‍ने बर्ष २४ को सुरेश तामाङ  र सिन्धुपाल्चोक घर भई हाल कामपा भिम्सेनगोला बस्‍ने बर्ष १४ को शुशाङ्का डोटेल रहेका छन् ।

रिजर्भ आएको बस बेर्क फेल भइ अनियन्त्रित हुँदा सवारी दुर्घटना भएको प्राराम्भिक अनुसन्धानले देखाएको बोहोराले बताउनु भयो ।

सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिक लागि बा २ ख ७९५८ नम्बरको बस नगरकोट गएको थियो ।

अस्पतामा उपचारार्थ घाईतेहरु

फिलिप लामा बर्ष १०
प्रजोल थापा बर्ष १०
भिम तामाङ बर्ष ११
राम पररियार बर्ष १६
सुजन मगर बर्ष १६
सिरिसा सिवेदि बर्ष १२
प्रकाश बम बर्ष १६
साधन बिष्ट बर्ष १२
आराध्या शाह बर्ष १०
आशिस तामाङ बर्ष १५
स्नेहा राइ बर्ष २१
गंगा ज्वति बर्ष ४२
रन्जित थापा बर्ष १३
सुहाना गुभाजु बर्ष १३
श्रिसान्त पौडेल बर्ष १५
कल्पना रेज्मि बर्ष ३२
बिकल्प श्रेष्ठ बर्ष १०
नाइस्का पाण्डे बर्ष २३
सुविता तामाङ बर्ष १४
निशान्त पौडेल बर्ष १४
सौगात मगर बर्ष १४
अबित खान बर्ष १०
आदित्य सुनार बर्ष १२र१३
धिरज साउद बर्ष १४ ,
सन्देश गिरि बर्ष १३

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.