प्रविधिले खेती गर्ने तरिका फेरिँदै

झापा- नवितम् प्रविधिको प्रयोग बढ्न थालेपछि झापामा धानको विऊ राख्ने शैली पनि फेरिन थालेको छ । मेशिनले धान रोप्दा छिटो र कम लागतमा राम्रो उत्पादन हुन थालेकाले ट्रे मा विऊ राखी मेशिनबाट धान रोप्ने प्रविधि बढ्दै गएको हो ।

विगत बर्षहरुमा चैते धान रोप्नका लागि पुसको अन्तिम सातादेखि माघको पहिलो हप्तामै खेत जोतेर विऊ छरेर पराम्परागत तरिकाले खेती गरिन्थ्यो । तर झापामा त्यो चलन फेरिन थालेको छ । यतिखेर व्याड बनाउन विशेष खालको ट्रेमा विऊ राख्ने चलन बढ्दै गएको छ ।

जिल्लामा ८ बर्ष अघिदेखि मेशिनको प्रयोगबाट खेती गर्ने प्रणालीमा सरकारी निकायले काम गर्दै आएको छ । प्रदेश सरकार माताहत संचालित कृषि ज्ञान केन्द्रले यो बर्षदेखि अनुदानमुखी कार्यक्रमलाई भन्दा पनि प्रविधिमुखी कार्यक्रमलाई जोड दिइएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो ।

त्यसो त स्थानीय सरकारले समेत आफ्नै बजेटमा मेशिन खरिद गरी धान तथा मकै खेतीमा मेशिनको प्रयोगलाई प्राथमिकता दिएको छ । जनशक्तिको अभाव हुँदै गएपछि कमल गाउँपालिकामा मेशिनको प्रयोग अधिक बढेको आफै पनि प्रविधिको प्रयोगबाट खेती गर्दै आउनु भएका कृषि प्राविधिक प्रेमप्रसाद पोखरेलले बताउनु भयो ।

मेशिनको प्रयोग बढ्दै गएपछि झापामा चैते धान रोपिने क्षेत्र समेत बृद्धि हुँदै गएको छ । थोरै जनशक्ति र लागतमा राम्रो उत्पादन हुन थालेपछि किसानहरु प्रविधिमैत्री खेती प्रणालीमा लागेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.