वन व्यवस्थापनको नाममा वन फँडानी

दाङ- दाङको एउटा सामुदायिक वनमा वन व्यवस्थापनको नाममा धमाधम वन फँडानी भइरहेको छ । दंगीशरण गाउँपालिका–६ मा रहेको भवानी सामुदायिक वनमा वन व्यवस्थापन गर्ने भन्दै वन फडानी भएको हो ।

उक्त सामुदायिक वनमा कटान अनुमति लिएको भन्दै ठेक्कामा रुख काट्न दिइएको छ । वन कटान गर्दा स्थानीयलाई रोजगारी दिनुपर्ने भएपनि उक्त सामुदायिक वनले शान्तिनगर गाउँपालिकाका ठेकेदारलाई प्रति क्युफिट ३५ रुपैयाँका दरले रुख कटान गर्ने जिम्मा दिइको स्थानीयको भनाई छ ।

उनीहरुले जथाभावी रुपमा धमाधम वन फँडानी गरिरहेका छन् । स्थानीयका अनुसार ठेकेदारले सामुदायिक वनका प्रतिनिधि र वन कार्यालयका प्रतिनिधि बिनै धमाधम रुख कटिरहेका छन् ।

सामुदायिक वनका अध्यक्ष भिमबहादुर विकले वन कार्यालयको अनुमति अनुसार वन कटान गरेको बताउनुभयो । यस्तै वन कार्यालय दंगीशरणका रेञ्जर जयचन्द्र आचार्यले उक्त सामुदायिक वनले जिल्ला वनबाटै अनुमति लिएर कटानको काम गरिरहेको बताउनु भएको छ । त्यसको अनुगमन गरिरहेको उहाँको भनाई छ । तर स्थानीयले भने वनका प्रतिनिधि नआएको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.