सराङकोट धार्मिक पर्यटकीय क्षेत्र ः सञ्चारमन्त्री गुरुङ

कास्की- सञ्चार तथा सुचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले कास्कीको सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताउनुभएको छ ।

आज विहान सो क्षेत्रको अवलोकन पछि स्थानीयलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले पोखरालाई नजिकैबाट नियाल्न तथा फेवातालसँगै विभिन्न हिमशृङ्खलाको अवलोकनका लागि सराङकोट पुग्नैपर्ने बताउनुभयो ।

उहाँले पछिल्लो समय सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको अग्रसरतामा निर्माण गरिएका संरचनाले त्यस क्षेत्रको सुन्दरता थप बढाएको चर्चा गर्नुहुँदै पोखराको पर्यटनमा सराङकोटको भूमिका महत्वपूर्ण रहँदै आएको स्पष्ट पार्नुभयो।

 सराङकोटमा वि.स २०६१ देखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । जस अन्तर्गत हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, एक सय ८ शिवलिङ्ग, एक सय ८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमेकालिका, स्वागतद्वार निर्माण भइसकेका छन्। यी संरचना निर्माण गर्न हालसम्म ३५ करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ ।

 निर्माण भएका संरचनाको आउँदो महाशिवरात्रि पर्वको अवसरमा यही फागुन १४ गते उद्घाटन गर्ने कार्यक्रम छ। संरचना उद्घाटनसँगै यही फागुन २१ गतेसम्म  श्रीमद् भागवत ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको पनि आयोजना गरिने सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिनुभयो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.