चिसोले झरना, खोला जमेका छन् तर हिमालमा हिउँ छैन

मनाङ- हिमाली क्षेत्र यतिखेर हिउँले सेताम्मे हुनुपर्ने समय हो । तर, अहिले पहाडहरु कालापथ्थरमात्र छन भने हिमाली भेगमा समथर भू-भाग मरुभूमि जस्तै देखिन्छन् ।

सेता हिमश्रृङ्खला कालापत्थरका रुपमा परिणत हुँदै गइरहेका छन् भने खेतबारी सुख्खा हुँदा बिउबिजन उम्रन सकेका छैनन् ।

हिउँकै भरमा यहाँको कृषि कर्म गरिने भएपनि हिउँ नपरेपछि यहाँका किसानलाई खेतीपाती गर्न सकस भएको छ ।

उता हिमालमा हिउँ देखिदैन भने यता अत्यधिक चिसोका कारण झरना, खोला सिसाझै जमेका छन् ।

प्राय: यो मौसममा पर्यटकहरु सेता हिमाल, प्राकृतिक तालतलैया, उच्च पहाडका दृश्यावलोकन गर्न आउने र बेमौसममा पनि यहाँको पर्यटन प्रवर्द्धनमा पर्यटकहरुको महत्वपूर्ण सहयोग हुने गरेकोमा अहिले त्यस्तो अवस्था नभएपछि स्थानीय चिन्तित छन ।

यहाँका जमेका झरना, खोलाको प्रचारप्रसार गर्न सकेमा मनाङ बाह्रै महिना पर्यटकको हब बन्न सक्ने उनीहरुको भनाइ छ ।

पर्यटकहरुका लागि आइस क्लाइम्बिङ्ग, स्केटिङ जस्ता साहसिक खेल आकर्षक बन्न सक्ने भएपनि पूर्वाधार नहुँदा त्यसतर्फ खासै पर्यटकको आकर्षण बढेको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.