अब निजामती सेवामा तहगत संरचना रहने

काठमाडौँ- सङ्घीय निजामती सेवामा अब तहगत संरचना राख्ने सहमति भएको छ ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको दफावार छलफलमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा तहगत संरचनामा रहने सहमति भएको हो ।
हाल निजामती सेवा श्रेणीगत संरचनामा रहेकोमा सङ्घीय निजामती विधेयकको दफा ६ मा निजामती सेवा चौधौँ तहसम्म रहने गरी व्यवस्था गरिएको छ ।
कार्य विवरण र कार्यसम्पादन सम्झौता तथा सुपरीवेक्षणका विषयमा विधेयकमा आएको प्रस्ताव र छलफलमा सांसदहरूबाट आएका धारणाका आधारमा परिमार्जनसहित निर्णयमा पुग्ने निर्णय गरिएको समिति सभापति रामहरि खतिवडाले बताउनुभयो ।
सङ्घीय निजामती विधेयकलाई संसद्को यसै अधिवेशनमा पारित गर्नेगरी समितिमा दफावार छलफल भैरहेको छ ।
यसैगरी समितिमा परेका उजुरीबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ ।
समितिमा परेका उजुरीहरूको अध्ययन गर्न नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन पनि गठन गरिएको छ ।।





प्रतिक्रिया राख्नुहोस्