पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रूपान्तरण अभियानबाट हल हुन्छ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

चितवन – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रूपान्तरण अभियानबाट हल गर्ने बताउनुभएको छ ।
शुक्रवार चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रूपान्तरण अभियानबाट हल गर्ने बताउनुभएको हो । अहिले नै पार्टीभित्रको समस्या पुरै हल भई नसकेको उहाँले बताउनुभयो ।
श्रेष्ठले अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने भन्दै प्रचण्डको नेतृत्वमा नै पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्न एकताबद्ध ढङ्गले अघि बढाउने धारणा राख्नुभयो । उहाँले माओवादीलाई बलियो पार्टी बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुराइछाड्ने उल्लेख गर्नुभयो ।
श्रेष्ठले सरकारको गतिविधि सबैलाई जगजाहेर भएकाले भन्दै सरकारको टिप्पणी गरेर शब्द खेर नफाल्ने बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्