सरकार र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल

काठमाडौँ- उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरुको सहभागितामा बैठक बसेको हो ।

बैठकमा सरकार सञ्चालनका विषय, संसदमा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

यसअघि यसै साता दुई पटक संयन्त्रको कार्यदलको बैठक बसेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.