संसद बैठक बस्दै, प्रधानमन्त्रीले प्रश्नहरूको जवाफ दिनुहुने कार्यसूची

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ । संघीय संसदले जारी गरेको संसदको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम छ ।

यसैगरी गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ सामान्य छलफलका लागि संसदमा पेस गर्ने कार्यसूची समेत रहेको छ ।

वन तथा वातावरण मन्त्रि ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधन माथि सामान्य छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.