भ्यालेन्टाइनमा युवराज अधिकारीको उपहार- ‘तिम्रो प्रीत’

काठमाडौँ – शुक्रवार परेको प्रणय दिवस (भ्यालेन्टाइन डे)को अवसर पारेर गीतकार युवराज अधिकारीको नयाँ कोसेली सार्वजनिक भएको छ ।

अधिकारीको शब्द रचना हरेको ‘तिम्रो प्रीत’ गीतको भिडियो शुक्रवार सार्वजनिक भएको हो । गीतकार अधिकारी नेपाल वायुसेवा निगमका  कार्यकारी अध्यक्ष समेत हुनुहुन्छ ।

सुरजकुमार थापाको स्वर रहेको गीतमा सङ्गीत संयोजन र ए रेन्ज पनि थापाकै रहेको छ । थापाको युट्युब च्यानलमा सार्वजनिक भएको गीतको भिडियोमा एक प्रेमिल जोडीको सुमधुर प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ ।

सुरजकुमार थापा र निहारिका थापाको अभिनय रहेको भिडियोलाई सविन गोदारले छायाङ्कन गर्नुभएको हो । भिडियोको सम्पादन, रङ संयोजन र निर्देश राजकुमारले गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.