उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यमा सुधार, हाललाई भेटघाट बन्द

काठमाडौँ- पोखरामा शनिबार भएको बेलुन विस्फोटमा परेर घाइते हुनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्यमा सुधार आएको छ ।

अस्पतालले एक विज्ञप्ति मार्फत कीर्तिपुर बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत उनीहरूको स्वास्थ्य अवस्था शनिबारको भन्दा सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।  संक्रमणको जोखिम रहेकाले हाललाई भेटघाट भने बन्द गरिएको बताइएको छ ।

‘घाउको अवस्थाको बारेमा आज ड्रेसिङ भएपछि अद्यावधिक गरिनेछ र हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रूपमा बन्द गरिएको छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.